Channel: @popvlogs3760
२०७९-०७-०६
बिहान करिब ९ बजे साथी भाई भेटेर शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज तर्फ गयौं । बुढानिलकण्ठ मन्दिर बाट ठाडो उकालो चढेर राष्ट्रिय निकुञ्जको मुल द्वार सम्म पुग्दा सबै जना थाके । टिकट काटेर राष्ट्रिय निकुञ्ज भित्र जादा स्वर्गको द्वार बाट स्वर्ग प्रवेश गरेको झैं आनन्द आयो ।
चराको चिरवीर र खोलाको कलकलले हामीलाई स्वागत गर्दै थियो । केहि मिठो गफ गाफ गर्दै नाच्दै गाउदै घना जङ्गलको बीच बाट अघि गयौं । बाटोमा देखिएको सबै सुन्दर दृश्यमा तस्बिर खिच्दै याद हरु कैद गर्दै बिष्णुद्वार पुगेउ ।
खोलामा रमाइला पल हरु बिताउदै केहि समय पछि अर्को सुन्दर झरना तर्फ गयौं । पहिरो गएको बाटो हुँदै झरना सम्म जानू सहज त थिएन । एक अर्काको साथ लिएर जसोतसो झरना सम्म पुगेउ । कठिन यात्रा गरेर देखिएको त्यो झरनाले हामी सबैको मनमा परेको घाउ चोत पखालेर लगेको अनुभुती भयो ।
साथीहरु संग बिताएका ती मिठा पलहरु सके जति क्यामेरामा कैद गरि सनिसको गितार मा रम्दै घर फर्केउ ।
#explore #explorenepal #vlog #nepal #shivapurinationalpark #bishnudwar #nature #hike #memories #Pop_Vlogs