Channel: @DharmaSanskriti
कार्तिक ०४ गते शुक्रवारको राशिफल आजको राशिफल शुक्रवार, कार्तिक ०४, २०७९ २१ अक्टोबर सन् २०२२ नेपाल संवत् ११४२ कार्तिक कृष्ण (कौलागा) एकादशी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, शुक्ल योग, बालब र कौलव करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७९ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८० सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन
Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2079 Year Horoscope, Nepali Horoscope, Kartik Month Horoscope, Monthly Horoscope, Margashirsh Month Horoscope, 2080 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Ekadashi Tithi, Magha Nakshatra, Shukla Yoga, Balab Karana, Kaulava Karana, Nal Samvatsara, Surya Dakshinayan, Autumn, Shree Rama Ekadashi Vrat, Govats Dwadashi
आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय (दिउँसो ०३:३३ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०९:५७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे चन्द्रास्त : दिउँसो ०२:०९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०५ बजे
आजको अभिजित मुहूर्त :– दिउँसो ११:२५ बजेदेखि १२:१० बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:०८ देखि ०७:३३ सम्म, साँझ ०४:०२ देखि ०७:०२ सम्म र भोलि बिहान ०४:३३ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:३३ देखि ०८:५८ सम्म र बेलुका १०:१२ देखि ११:४८ सम्म अमृत वारवेला : बिहान ०८:५८ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५८ देखि ०४:३३ सम्म काल वारवेला : बिहान १०:२३ देखि ११:४८ सम्म र बेलुका ०८:३७ देखि १०:१२ सम्म शुभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१२ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५८ सम्म रोग वारवेला : दिउँसो ०१:१२ देखि ०२:३७ सम्म र बेलुका ०७:०२ देखि ०८:३७ सम्म उद्वेग वारवेला : दिउँसो ०२:३७ देखि ०४:०२ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२३ सम्म
होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:४८ देखि १२:४४ सम्म, साँझ ०६:३० देखि ०७:३४ सम्म, मध्यरात्रीपछि ०१:५४ देखि ०२:५८ सम्म चन्द्रको होरा : बिहान ०८:०१ देखि ०८:५८ सम्म, दिउँसो ०२:३७ देखि ०३:३४ सम्म, राती ०९:४१ देखि १०:४४ सम्म, भोलि बिहान ०५:०५ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो १०:५१ देखि ११:४८ सम्म, साँझ ०५:२७ देखि ०६:३० सम्म, मध्यरात्रीपछि १२:५१ देखि ०१:५४ सम्म बुधको होरा : बिहान ०७:०५ देखि ०८:०१ सम्म, दिउँसो ०१:४१ देखि ०२:३७ सम्म, राती ०८:३७ देखि ०९:४१ सम्म, भोलि बिहान ०४:०१ देखि ०५:०५ सम्म बृहस्पतिको होरा : दिउँसो ०९:५४ देखि १०:५१ सम्म, साँझ ०४:३० देखि ०५:२७ सम्म, राती ११:४७ देखि १२:५१ सम्म शुक्रको होरा : बिहान ०६:०८ देखि ०७:०५ सम्म, दिउँसो १२:४४ देखि ०१:४१ सम्म, बेलुका ०७:३४ देखि ०८:३७ सम्म, भोलि बिहान ०२:५८ देखि ०४:०१ सम्म शनिको होरा : बिहान ०८:५८ देखि ०९:५४ सम्म, बेलुका ०३:३४ देखि ०४:३० सम्म, राती १०:४४ देखि ११:४७ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२३ देखि ११:४८ सम्म यमघण्ट : दिउँसो ०२:३७ देखि ०४:०२ सम्म गुलिक काल : बिहान ०७:३३ देखि ०८:५८ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो ०३:३३ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०५ गते : श्री शनि प्रदोष व्रत (विशेषतः पुत्रप्राप्तिहेतु), यम दीपदान (मृत्युनिवारणको उद्देश्यले साँझमा घरबाहिर चारचोसे दियोमा बत्ती बाल्ने दिन), धनत्रयोदशी (धनतेरस पर्व), त्रिपुष्कर योग दिनको ०१:३१ बजेदेखि साँझ ०४:३४ बजेसम्म, ०६ गते : यमपञ्चक प्रारम्भ, काग तिहार, काक बलि, स्वान्तिचह्रे पूजा, धन्वन्तरी जयन्ती, कामेश्वरी जयन्ती, मुहूर्त : मुठी लिने ०७ गते : लक्ष्मी पूजा, इन्द्र, कुवेरादि पूजा, (लक्ष्मी पूजाको शुभ साइत – सन्ध्यापूजा साँझ ०६:४९ बजे, निशिथ पूजा राती ११:५९ बजे), दीपावली, दीपमालिका, सुखरात्री, दर्श श्राद्ध, निशि बार्ने दिन, कुकुर तिहार, नरक चतुर्दशी, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन, श्री हनुमान् जयन्ती, संयुक्त राष्ट्र संघ दिवस
द्रष्टव्य : राजकाज र प्रशासनिक काममा सूर्य, मुद्दामामिला र तर्क/बहसमा मङ्गल, बौद्धिक कार्य र ज्ञानप्राप्तिमा बुध, विवाहसम्बद्ध काममा बृहस्पति, वैदेशिक प्रयोजनमा शुक्र तथा द्रव्यप्रयोग वा लगानीमा शनिको होरा महत्त्वपूर्ण मानिन्छ, जबकि चन्द्रमाको होराबल हरेक कामका लागि उपयोगी हुन्छ । काल र पाशमध्ये काल दाहिने परेमा र पाश देब्रे परेमा शुभ मानिन्छ ।
तपाईंले धर्मदर्शन, संस्कृति, परम्परा, धार्मिक वा ज्योतिषसम्बद्ध कुनै पनि जिज्ञासा शान्त तुल्याउन तथा यस च्यानलमा सुधार गर्न योग्य कमीकमजोरीको गुनासो गर्न तलको इमेलमा मेल गर्न सक्नुहुन्छ । धन्यवाद । jkpkoirala@gmail.com